सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविपत्नी निकिता पौडेल पनि प्रतिवादी

काठमाण्डु टुडे २०८१ पुष ७ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, ७ पुस– सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।

पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको स्रोतले जानकारी दिएको छ । सम्पत्ति जफत प्रयोजनको लागि पौडेलसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले जानकारी दिएकी छन ।

यस्तै रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछाने विरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अदालतमा अभियोग पत्र दर्ता काफ्लेले जानकारी दिएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us