एमालेल बोलायोे सचिवालय बैठक

काठमाण्डु टुडे २०८१ पुष ७ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, ७ पुस– सत्ता घटक दल नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । बैठक आगामी बुधबार ( १० पुस) मा एमाले मुख्यालय च्यासलमा बस्ने गरी बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख डा. राजेन्द्र गौतमले जानकारी दिएका छन ।

आगामी सचिवालयको बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने हुने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us