भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष ७ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, ७ पुस– भक्तपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सूर्यबिनायक नगरपालिका–१० बाँसघारी नजिकै सडकमा बागमती प्रदेश–०२–०४० प ३२२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक चालक धनुषा घर भई काठमाण्डुको कीर्तिपुर बस्ने २९ वर्षीय सिदान्त साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us