पोखरामा २६ वर्षीया महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ७ गते १२:२९ मा प्रकाशित

काठमाण्डु, ७ पुस– प्रहरीले पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने गोरखा सिरानचोक गाउँपालिका–४ घर भएका २० वर्षीय बिक्रम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीलाई शनिबार राति पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

ती महिलालाई दुई जना व्यक्तिहरूले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले घटनामा संलग्न मध्ये बिक्रमलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न एक जना फरार रहेको पनि प्रहरीले जानकारी दिएको छ । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us