प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणको खर्च ४ करोड २९ लाख

काठमाण्डु टुडे २०८१ पुष ७ गते १२:०० मा प्रकाशित

काठमाण्डु, ७ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गत ४ असोजदेखि १४ असोजसम्म गरेको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ ।

विशिष्ट व्यक्तिको भ्रमण खर्चका नाममा सो रकम बराबरको बजेट परराष्ट्र मन्त्रालयका नाममा अख्तियारी दिइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्र संघको मूख्यालयमा आयोजित ७९ औं महासभामा भाग लिन अमेरिका गएको थियो । अर्थ मन्त्रालयले यस्तो खर्च अर्थ विविध शीर्षकमा राखेको रकमबाट दिने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us