तरुण दलका केन्द्रीय सदस्यसहित ८ जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ६ गते २१:०७ मा प्रकाशित

काठमाण्डु, ६ पुस– प्रहरीले काँग्रेस सम्वद्ध नेपाल तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङसहित ८ जनालाई पक्राउ गरेको छ ।

दरबारमार्गस्थित एक रेष्टुरेण्टमा शनिबार भएको झडपमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्यमा तरुण दल काभ्रेका अध्यक्ष सुजन तामाङ, तरुण दल काभ्रेका जिल्ला सदस्य युवराज लामा, तरुण दल सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष दावा तामाङ, काभ्रे तेमाल–५ का शक्ति लामा, नेविसंघबाट निर्वाचित पब्लिक युथ क्याम्पसका स्ववियु उपसभापति मिलन लामा, भुम्लु गाउँपालिका कार्यपालिका सदस्य सुलभ पहरी र मोरङ उर्लाबारी–७ का डम्बरबहादुर कार्की छन् । उनीहरुले रेष्टुेण्टमा बैतडीका ३६ वर्षीय रमेश भट्टमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका भट्टको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

कुलध्वजविरुद्ध दरबारमार्ग प्रहरीमै २०६९ सालमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । उनी चोरी मुद्धामा २०७२ सालमा ११ महिना जेल बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us