ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ पुष ६ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, ६ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ताली बजाउन नभई काम गरेर परिणाम निकाल्नका लागि सरकारको नेतृत्व गरेको बताएका छन ।

आज (शनिबार) विश्व ध्यान दिवसको अवसरमा काठमाण्डुको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको समेत बताएका छन । उनले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको समेत बताएका छन ।

प्रधानमन्त्री ओलीले परस्परमा घृणा नभई विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको पनि बताएका छन ।

ओलीले ध्यान र योगले भावना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रूपमा अघि बढाउन मद्दत गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us