कारभित्र एकजना मृत फेला, घटना शंकास्पद

काठमाण्डु टुडे २०८१ पुष ६ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, ६ पुस– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–११ मा कारभित्र एकजना मृत अवस्थामा भेटिएका छन । बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । स्थानीयले ती व्यक्तिलाई कसैले गोली दागेर हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा बाराका प्रहरी उपरीक्षक ९एसपी० महेन्द्र खड्का नेतृत्वको टोली पुगेर अनुसन्धान थालेको छ ।

घटनास्थल पुगेका एसपी खड्काले तालिम प्राप्त कुकुरको टोली बोलाएर अनुसन्धान गरिने बताए । गोली लागेको वा नलागेको अहिले केही भन्न नसकिने एसपी खड्काको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us