अहिले सरकार फेरबदल हुँदैन: महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ पुष ५ गते १७:३८ मा प्रकाशित

काठमाण्डु, ५ पुस– कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार फेरबदल नहुने बताएका छन । आज शुक्रबार काठमाण्डुमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिदैँ महामन्त्री थापाले यस्तो बताएका हुन ।

मन्त्रिमण्डलको फेरबदलको कुरा चलिरहेको छ, गृहमन्त्रीमा अब गगन थापा जाँदैछन् भन्ने पनि छ नि ?’ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा थापाले भने, ‘सरकारको कुनै फेरबदल अहिले हुँदैन ।’

साथै, उनले वर्तमान सरकार राम्रोसँग चलेको भएपनि जनताले लिएको आशा अनुसार डेलिभरी भने हुन नसकेको बताएका छन । सरकार राम्रोसँग चलिरहेको छ ।

सरकारका कमीकमजोरीका बारेमा प्रधानमन्त्री पक्कैपनि सचेत हुनुहुन्छ । सरकार बनिसकेपछि जुन आशा अनुरुप डेलिभरी हुनुपर्ने हो त्यो भइरहेको छैन,’ उनले भने । सरकारको डेलिभरीबारे प्रधानमन्त्री केपी शर्मा ओली आफैं सचेत हुनुपर्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us