काठमाण्डु, ५ पुस– कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयको टोली १९ जना विरुद्ध मुद्दा दर्ताका लागि जिल्ला अदालत कास्की पुगेको छ ।
शुक्रवार ३ बजेसम्म कार्यालय समय भए पनि अन्तिम समयमा अदालत पुगेको र अभियोग पत्र रुजुको काम चलिरहेको जिल्ला अदालत कास्कीले जानकारी दिएको छ ।
अभियोग पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशी बाहेक अन्य १९ जना विरुद्ध मुद्दा चलाउने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
जिल्ला अदालत कास्कीमा उनीहरु विरुद्ध पूरक अभियोग पत्र दायर गर्न लागिएको हो । सूर्यदर्शन सहकारी ठगीमा यसअघि पनि एउटा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दा विचाराधीन नै रहेको अवस्थामा पुनः जाहेरी परेर अनुसन्धान हुँदा थप रकम अपचलन भएको पाइएपछि पूरक अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जानकारी दिएका छ ।
कास्कीले ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीवी राईसहितलाई प्रतिवादी बनाएको छ। उनी हाल फरार रहेका छन् । अघिल्लो मुद्दामा पनि उनी मुख्य प्रतिवादी थिए । जिल्ला सरकारी वकिल कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो ।