काठमाण्डु, ५ पुस– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध शुक्रबार (आज) नै कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।
सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध भने आइतबारमात्रै मुद्दा दर्ता हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध म्याद शुक्रबार सकिने भएकाले मुद्दा दर्ता गर्न लागिएको हो । रवि लगायतको हकमा म्याद आइतबारसम्म बाँकी भएकाले दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ ।