काठमाण्डु, ५ पुस– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
आजको बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री ओलीको बिहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो ।