काठमाण्डु, ५ पुस– ललितपुर र काठमाण्डुको सीमानास्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ ।
प्रहरीका अनुसार महानगरपालिका–१८ जलविनायकका २४ वर्षीय गौरव थापा मगर मृत अवस्थामा फेला परेका हन् । घटनास्थल र्कीर्तिपुर र ललितपुरको बीचमा पर्छ ।
घटनाबारे अनुसन्धान अघि बढाइएको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।