पसलमा सामान किनिरहेका दुई युवामाथि खुकुरी प्रहार

काठमाण्डु टुडे २०८१ पुष ५ गते ८:२४ मा प्रकाशित

दाङ, ५ पुस– तुलसीपुर उपमहानगरपालिका–१८ माल बिजौरीमा दुई युवामाथि खुकुरी प्रहार भएको छ ।

तुलसीपुर–७ का ३० वर्षीय सुरेश रसाइली र २८ वर्षीय सुरज पुनमाथि गएराति कुखुरी प्रहार भएको हो । प्रहरीका अनुसार किराना पसलमा सामान किन्न गाएका उनीहरुमाथि युवाको एक समूहले रसाइली र पुनमाथि खुकरी प्रहार गरेको थियो ।

यसैबीच प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका ३२ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय सन्दीप चौधरी र ३१ वर्षीय रेशम चौधरीलाई पक्राउ गरेको छ ।

घटनामा संलग्न भएर फरार रहेका अन्य दुईको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

घाइते दुवैलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको थापाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us