बोराभित्र शव भेटियो

काठमाण्डु टुडे २०८१ पुष ४ गते १९:०४ मा प्रकाशित

धनुषा, ४ पुस– धनुषामा बोराभित्र बेरिएको अवस्थामा एक जनाको शव फेला परेको छ ।

मिथिला बिहारी नगरपालिका–२ पुरन्डाहामा बोराभित्र राखिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार अन्दाजी ३० वर्षीय युवाको शव सडेको अवस्थामा भेटिएको छ ।

सिंहले घटनाबारे अनुसन्धान अघि बढाइएको जानकारी दिए । अनुसन्धानका लागि तालिमप्राप्त कुकुर समेत परिचालन गरिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us