काठमाण्डु, ४ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।
पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलको राजीनामा माग गरेका हुन ।
कोशी प्रदेश माओवादी दलका नेता आङ्बोले आज विहीबार पत्रकार सम्मेलन गर्दै सभापति पोखरेलको राजीनामा माग गरेका हुन । संसदीय दलका नेता आङ्बोले नैतिकताका आधारमा राजीनामा दिएर अनुसन्धानका लागि सहजीकरण गर्न माग गरेका हुन । उनले सहकारी ठगीमा दोषी देखिएकालाई कारवाही गर्नुपर्ने समेत सरकारसँग माग गरेका छन ।
उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । यो मुद्दामा अञ्जलासहित २५ जना फरार रहेको बताइएको छ ।