काठमाण्डु, ४ पुस– आज बिहिबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन ।
प्रधानमन्त्रीको सचिवालयका ति सदस्यले भने, ‘आजको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री ज्यूको इन्डोसकपी गरेपछि उहाँले आराम गर्नु पर्ने स्थिति आयो। त्यकासरण मन्त्रिपरिषदको अर्को बैठक तय भएको छैन ।’
आज बस्ने भनिएको बैठक नियमित हो । तर, अन्तिम समयमा बैठक स्थगित भएको हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको थिएन ।