परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

काठमाण्डु टुडे २०८१ पुष ४ गते १७:४० मा प्रकाशित

काठमाण्डु, ४ पुस– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुगेकी छन् । उनी युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्ली पुगेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

उनले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन कार्यक्रम रहेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

त्यसपछि मन्त्री डा.राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनेछिन् । उनी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको पनि उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us