रास्वपालक्षित शंकर पोखरेलको टिप्पणीः अति सर्वत्र वर्जयेत्

काठमाण्डु टुडे २०८१ पुष ४ गते १२:४७ मा प्रकाशित

काठमाण्डु, ४ पुस– एमाले महासचिव शंकर पोखरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसैको दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर भएको टिप्पणी गरेका छन् ।

आज बिहिबार एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन । महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन, ‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डाबाट राजनीतिमा उद्याएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन् ।

अति सर्वत्र वर्जयेत् ।’ रास्वपा कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछानेको हिरासतमा सुतेको तस्बिर सार्वजनिक गरेका थिए । सोही तस्बिरलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

लामिछानेको उक्त तस्बिर रास्वपा समर्थक डा निकोलस भुसालले पोखरास्थित प्रहरी हिरासतमा पुगेर खिचेको स्वीकार गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us