मनाङको ङिस्याङ केन्द्रबिन्दु भएर केन्द्रबिन्दु ४.७ भूकम्प

काठमाण्डु टुडे २०८१ पुष ४ गते ९:४६ मा प्रकाशित

मनाङ, ४ पुस– मनाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट मानवीय क्षति भएको विषयमा भने कुनै जानकारी आएको छैन ।

बझाङ नै केन्द्रबिन्दु बनाएर मंगलबार दुईपटक भूकम्प गएको थियो ।

यसअघि बुधबार बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us