१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ३ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, ३ पुस– प्रहरीले १ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी रहको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाण्डु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

त्यसैगरी जिल्ला अदालत बाँकेबाट पनि ५० लाख बिगो बराबरकै मुद्दामा पक्राउ पुर्जी जारी भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन ।

काठमाण्डुको शंखमुल क्षेत्रबाट पक्राउ परेका उनलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us