काठमाण्डु, ३ पुस– सरकारले मलेसियाका लागि नेपाली राजदूत नियुक्त गरेको छ । यसअघि संसदीय सुनुवाइ पूरा भइसकेका डा. नेत्र प्रसाद तिम्सिनालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजदूत नियुक्त गरेका हुन ।
उनलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।