काठमाण्डु, ३ पुस– आज (बुधबार) बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
बुधबार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र। भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस गरीएको छ ।
मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम बढेको छ ।