स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ३ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ३ पुस– प्रहरीले काठमाण्डु महानगरपालिका–९ सिनामंगलस्थित शम्भुमार्गबाट स्रोत नखुलेको ६८ लाख नगदसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमारपौडेल र झापा बिर्तामोड नगरपालिका९५ घर भएका २७ वर्षीय युवराज सुवेदी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी वृत्त गौशलाबाट मंगलबार खटिएको प्रहरीले प्रदेश–३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us