गोर्खा मिडियाको कर्मचारी मात्र हुुँः लामिछाने

काठमाण्डु टुडे २०८१ पुष २ गते २०:०९ मा प्रकाशित

कास्की, २ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूविरुद्ध राजनीतिक पूर्वाग्रह साँधिएको बतएका छन् ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेले बयानका क्रममा आफू सहकारी ठगीमा संलग्न नरहेको बताए ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा बुझाएको अनुसन्धान प्रतिवेदनमा लामिछानेले आफूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर लगाइनु राजनीतिक प्रतिशोध भएको बताएको उल्लेख छ ।

आफू गोर्खा मिडिया नेटवर्कमा कर्मचारीका रूपमा मात्र प्रवेश गरी लगानीकर्ताले सित्तैंमा उपलब्ध गराएको १५ प्रतिशत सेयर प्राप्त गरी आफ्नो पदीय हैसियत र गोर्खा मिडियाले उपलब्ध गराएको सेवा, सुविधा र तलबमा मात्र आफ्नो जिम्मेवारी अनुसारको काम गरेको लामिछानेको भनाइ छ ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले समेत सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको औंल्याएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us