काठमाण्डु, २ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । पार्टीको पछिल्लो पटक बसेको स्थायी समिति बैठकले २४ सदस्यीय सचिवालय गठन गरेको एकीकृत समाजवादीका उपाध्क्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।
जसमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको प्रवक्ता खतिवडाले जानकारी दिए । सचिवालयमा केन्द्रीय अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेताहरू, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित गरेर २४ जना हुने उनले जानकारी दिएका छन ।