सडकमा पार्किङ गरी राखेको टिपरमा मोटरसाइकल ठोक्कीदाँ एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २ गते १३:५१ मा प्रकाशित

काठमाण्डु, २ पुस– कास्कीमा सडकमा छेउमा पार्किङ गरी राखेको टिपरमा मोटरसाइकल ठोक्कीदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक पोखरा महानगरपालिका–३३ बरपौवा बस्ने २८ वर्षीय अशोक लामिछाने रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका–२६ सुन्दरीबजारस्थित सडकमा छेउमा पार्किङ गरी राखेको लु.२ ख ४५२७ नम्बरको टिपरमा ग.११ प ६०५६ नम्बरको मोटरसाइकल ठोक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा लामिछानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us