काठमाण्डु, २ पुस– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो विषयमा समाचार लेख्ने प्रति दया लागेर आउने बताएकी छन ।
श्रीमान् हिरासतमा भएको बेला आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मूकदर्शक बनेकोमा झनै आश्चर्य लागेको उनले बताएकी छन ।
उनले सामाजिक सञ्जालमा लखेकी छन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, ‘तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति रु अलिकति मलाई पनि देऊ न ।’
मैले पनि हाँस्दै भने, ‘त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दैछु, बुवा–छोरीको कुराकानीको सन्दर्भ थियो, अनुसन्धानमा रहेको विषयमा भएको ‘मिडिया ट्रायल’को ।
कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन् ।’ उनले मिडियाले धर्म छाडेको समेत आरोप लगाएकी छन् । उनले लेखेकी छन, ‘मिडियाले धर्म नछोडेको भए बैङ्किङ कारोबारको अङ्क सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ?
‘आफ्नो सम्पूर्ण बैकिङविवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु ।’ उनले आफ्नो खातामा कति पैसा छ भनेर सोधेको भए आफैले बताउने बताएकी छन् ।