ट्रकमा च्यापिएर ट्रक चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २ गते ११:४२ मा प्रकाशित

काठमाण्डु, २ पुस– इलाममा ट्रकमा च्यापिएर ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको तामाङको मृत्यु भएको हो । काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले मर्मत गर्दै थिए ।

‘चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर उनी च्यापिए’ जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन । उनको आज बिहान ५ बजे मृत्यु भएको डिएसपी राईले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us