काठमाण्डु, २ पुस– महोत्तरीको बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४०–५० वर्षको पुरुष रहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालिका–१ रातो पुलमा काठमाण्डुबाट इलामतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २७२९ नम्बरको बसले गएराति १२ः५० बजे ठक्कर दिँदा ति पुरुषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनको उपचारको क्रममा बर्दिबास अस्पतालमा राति साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तु जैसवालले जानकारी दिएका छन । मृतकको सनाखत हुन भने बाँकी रहेको छ ।
डिएसपी जयसवालका अनुसार पैदलयात्रुलाई ठक्कर दिएपछि नरोकी गन्तव्यतर्फ गइरहेको बसलाई सिरहाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बस चालक धादिङको थाक्रे गाउँपालिकाका राजेन्द्रप्रसाद प्याकुरेललाई पक्राउ गरेर घटनाबारे आवाश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।