काठमाण्डु, १ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल कुनैपनि पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।
स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन । उनले भने, ‘सबैसँग सहकार्य गर्न तयार छौं, तर कुनै पार्टीसँग एकता गर्ने संभावना नरहेको जानकारी गराउँछौ ।’
भोलि सकिने स्थायी कमिटीले तत्काल कुनै पार्टीसँग एकता संभावना नरहेको निर्णय गर्ने उनले जानकारी दिएका छन । माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी रहेकाले बेलाबेला पार्टी एकताको चर्चा हुने गरेको छ ।