काठमाण्डु, १ पुस– अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरीएको छ ।
घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरीएको स्रोतले जानकारी दिएको छ ।
प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्ष (एसपी) नवराज कार्कीले पनि छानबिन समितिले प्रतिवेदन बुझाउदै चन्दलाई कारबाही गर्न सिफारिस गरीएको जानकारी दिएका छन । तर, अहिले उनी नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचाररत भएका कारण थप कारवाही प्रक्रिया अघि नबढेको कार्कीले जानकारी दिएका छन ।
अछामको तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जका रुपमा कार्यरत चन्दले १३ मंसिरको राति आफैंमाथि पेस्तोल चलाएका थिए ।
घटना भएको दिन समेत चन्दले प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगन चन्दमाथि गोली प्रहार गर्न खोजेको स्रोत बताउँछ तर उनी भागेपछि आफैमाथि पेस्तोल प्रहार गरेको देखिएको छ ।