पीएल सिंहको शोकमा तीन दिन आधा झण्डा झुकाउने कांग्रेसको निर्णय

काठमाण्डु टुडे २०८१ पुष १ गते १४:२५ मा प्रकाशित

काठमाण्डु, १ पुस– नेपाली कांग्रेसले काठमाण्डुका पूर्वमेयर पीएल सिंहको शोकमा तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

आज सोमबार   बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।

त्यस्तै, पौडेलका अनुसार भोलि पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय गरीएको पनि जानकारी दिएका छन । पार्टीले आजदेखि १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाण्डुमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us