ठाउँ अनुसारका सबै पर्व सुन्दर छन्ः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १४:०७ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ठाउँ अनुसारका सबै पर्व सुन्दर रहेको बताएका छन । आज आइतबार उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

‘ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन्, सबैलाई शुभकामना’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत भनेका छन् । धान्य पूर्णिमा कृषि युगमा ठूलो महत्व रहेको दिन भएको प्रधानमन्त्री ओलीले बताएका छन ।

असारमा रोपेको धान मंसीरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकोले धान्य पूर्णिमा भनिएको शुभकामना सन्देशमा उल्लेख छ । आइतबार ज्यापु दिवस पनि हो ।

काठमाण्डु उपत्यकामा चामलबाट बनाइएको यःमरी खाएर यःमरी पुन्ही मनाइने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेंसी (उँधो)झर्ने दिनका रूपमा उधौली आइतबार नै पर्व मनाइन्छ ।

नेपालमा बसोबास गर्ने धेरैजसो जातिहरूको आइतबार कुल पूजा गर्ने चलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठाउँ अनुसारका सबै पर्व सुन्दर रहेको बताएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us