मोटरसाइकलले ठक्करबाट भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १२:३० मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– भक्तपुरमा मोटरसाइकलले ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भई सूर्यविनायक नगरपालिका–१० नलिन्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जगातीबाट साँगा जाँदै गरेको बा–४६प ११२७ नम्बरको मोटरसाइकलले नलिन्चोक जोरपाटीमा निमबहादुरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय भक्तपुरले जानकारी दिएको छ ।

गम्भीर घाइते भएका उनलाई मध्यपुर अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा राति पौने १० बजे मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक काभ्रेको बनेपा–६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us