कास्कीमा एकजनालाई पेट्रोल छर्केर आगो लगाइ फरार भएका व्यक्ति पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १२:२५ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– प्रहरीले कास्कीको मादी गाउँपालिका–५ ठुलास्वारामा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ घर भई पोखरा महानगरपालिका–१३ काहुखोला बस्दै आएका ३० वर्षीय उमेश राई रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ ।

२७ मंसिरको राति ११ बजे आफ्नो घर बाहिर बसिरहेको बेला गुरुङमाथि पेट्रोल छर्केर आगो लगाइएको खुलेको प्रहरीले जनाएको छ । घाइतेलाई उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो ।

त्यहाँबाट मणिपाल अस्पताल पोखरा रिफर गरिएको थियो । मणिपालमा पनिउपचार हुन नसकेपछि अहिले गुरुङलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको छ ।

पेट्रोल छर्केर आगो लगाउनुको कारणबारे अनुसन्धान भइरहेको पोखराका डीएसपी वस्न्त शर्माले बताए । उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us