एमाले एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको पार्टी होः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १२:२१ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको दाबी गरेका छन ।

आज (आइतबार) एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘यो राजनीति गर्न बनेको पार्टी होइन, देश बनाउन बनेको पार्टी हो ।’ उनले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको बताएका छन ।

देशमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको बताएका छन । त्यसैले जनताले परिवर्तनको अनुभूति पाउने गरी काम गर्न प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ, मैले विश्वास लिएको छु ।’ प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग खान, लाउन र बाँच्न पाउनुपर्ने पनि बताएका छन । उनले भने, ‘जनता अधिकार सम्पन्न होउन्, गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्‍यो, खान–लाउन पाउनुपर्‍यो ।

मुख्य अधिकार त त्यो हो नि, ‘बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्‍यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्‍यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us