काठमाण्डु, २९ मंसिर– सरकारले काठमाण्डु विश्वविद्यालय (केयू)को उपकुलपति छनोट समिति गठन गरेको छ । केयू विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको विश्वविद्यालय सभाले संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन भएको हो ।
समितिमा प्रा. डा. अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य रहेका छन । हालका उपकुलपति प्रा.डा. भोला थापाको चारवर्षे कार्यकाल आगामी माघ ६ गते सकिने भएकाले उपकुलपति छनोट समिति गठन गरिएको हो ।
यसअघि सहकुलपति (शिक्षामन्त्री)को नेतृत्वमा छनोट समिति गठन हुने गरेकोमा यसपटक त्यो परम्परा तोडिएको छ ।