माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १६:०१ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेको लागि सरेको छ । आज शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन ।

उनले भने, ‘केन्द्रीय समितिको बैठक पुसको २१ गते बस्ने निर्णय भएको छ ।’ यसअघि २६ कात्तिकमा बसेको पदाधिकारी बैठकले पुस २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो ।

उक्त बैठकको तयारीका लागि पुस १८, १९ र २० गते लगातार तीन दिन स्थायी समिति बैठक बस्ने निर्णय भएको पनि सापकोटाले जानकारी दिएका छन । उनले भने, ‘त्यसको तयारीका लागि स्थायी समितिको बैठक १८ , १९ र २० गते बस्ने निर्णय भएको छ ।’

खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनिएपनि त्यो हुन नसकेपछि तयारीसहित अब २१ गते बस्न लागेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us