फेसबुकमा चिनजान भएका पुरुषलाई नग्न फोटो पठाउँदा…

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १९:२० मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–५ धादिङ घर भई हाल काठमाण्डुको चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा बस्ने ३१ वर्षीय रोशन भण्डारी छन् ।

साइबर ब्युरोका एसपी दिपकराज अवस्थीका अनुसार फेसबुकमा साथी बनेर कुराकानी गरेका उनले महिलाको नग्न तस्बिर साथीहरुलाई पठाएका थिए ।

कुराकानीका क्रममा भण्डारीले महिलाको गोप्य तस्बिर रेकर्ड गरेको पाइएको अवस्थीले बताए । प्रहरीका अनुसार भण्डारीमाथि विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us