एकीकृत समाजवादीमा स्थायी कमिटी सदस्य थप्ने प्रस्तावमा राजेन्द्रको ‘नोट अफ डिसेन्ट’

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १८:२२ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको आज बुधबार बसेको स्थायी कमिटीको बैठकमा नेताहरूको कार्यविभाजन गर्न बैठक बसेको थियो । बैठकमा सदस्य थप्ने प्रस्तावमा सुरुमै विवाद भएको छ ।

बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा १७ जना पोलिटब्युरोबाट स्थायी कमिटीमा ल्याउने प्रस्तावप्रति उपमहासचिव राजेन्द्र राईले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ राखेका छन् ।

एकीकृत समाजवादीमा हाल २४ सदस्यीय स्थायी कमिटी छ । आजको स्थाइ कमिटीको राईले विधान र प्रक्रियाविपरित स्थायी कमिटी सदस्य थप्ने प्रस्ताव आएकाले आफूले नोट अफ डिसेन्ट जनाएको बताएका छन ।

‘पहिला विधान आउनुपर्‍यो । त्यो विधानमा के छ ?’, राईको प्रश्न छ । त्यस्तै उनले स्थायी कमिटी सदस्य थप्ने अधिकार केन्द्रीय कमिटी र पोलिटब्युरोलाई मात्र भएको भन्दै स्थायी कमिटीमा ल्याउनुपर्ने केही नाम समेत प्रस्तावमा छुटेको बताए ।

बैठकमा यसबारेमा विवाद भएपछि थप गृहकार्य गर्न भन्दै भोलीको बैठक पर्सी (शुक्रबार)ं बस्नेगरी सारिएको छ । ‘गहृकार्य नपुगेकाले शुक्रवार बस्ने गरी आजको बैठक सकिएको छ’, अर्का उपमहासचिव तथा पार्टी केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले भने, ‘शुक्रबारको बैठकले कार्य विभाजन टुङ्गो लाग्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us