रवि लामिछानेलाई बाराबाट काठमाण्डु ल्याइँदै, आजै पोखरा लगिने

काठमाण्डु टुडे २०८१ मंसिर २६ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज बुधबार बाराबाट काठमाण्डु ल्याइँदै छ ।

पर्सास्थित वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाण्डु ल्याउन लागिएको हो ।

उनलाई अहिले केही बेरमा बुद्ध एयरबाट काठमाण्डु ल्याएर पोखरा लगिने स्रोतले जानकारी दिएको छ । वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us