रुकुम, २६ मंसिर– रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ खोपीचारमा अटो रिक्सा दुर्घटना हुँदा त्यसमा एक बालिकाको मृत्यु भएको छ ।
लुप ०२००१ह०३५० नम्बर अटो रिक्सा गएराति ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिस्ने–६ की १२ वर्षीया बिष्णु बुढाको मृत्यु भएको हो ।
रुकुमपूर्व प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार दुर्घटनामा घाइते बुढाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित अरु चार जना घाइते भएका छन् ।