बारामा स्कार्पियो दुर्घटना हुँदा ८ को मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १६:३१ मा प्रकाशित

बारा, २५ मंसिर– बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

दर्शनार्थी चढेको बा१६च ३१६२ नम्बरको चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अरु चार जना घाइते भएका छन् ।
मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us