काबेली खोलामा ६ दिनदेखि बेपत्ता पुरुषको शव भेटियो

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १५:३५ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– ताप्लेजुङको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता भएका एक पुरुषको शव भेटिएको छ ।

घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराइमा बालुवाले पुरिएको अवस्थामा राजेन्द्र बुढाथोकीको शव भेटिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले बालुवाले पुरिएको अवस्थामा बुढाथोकीको शव निकालेको हो । काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी २९ मंसिरदेखि बेपत्ता भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज १९ मंसिरदेखि खोजीकार्यमा खटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us