अनलाइनबाट ठगी अभियोगमा तीन जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला झापा बिर्तामोड नगरपालिका–३ घर भई हाल काठमाण्डु महानगरपालिका–४ महाराजगञ्ज चप्पलकारखाना वस्ने २१ वर्षीय अजित भण्डारी, गोरखा सिरानचोक गाउँपालिका–५ घर भई हाल काठमाण्डुको महानगरपालिका–२६ सामाखुसी बस्ने १९ वर्षीय बिपीन मक्राती तथा नुवाकोट म्यागङ गाउँपालिका–२ घर भई हाल काठमाण्डु महानगरपालिका–१६ माछापोखरी बस्ने २१ वर्षीय मधु तामाङ रहेका काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन ।

पक्राउ परेकालाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डु पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us