बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २५ गते ८:३४ मा प्रकाशित

झापा, २५ मंसिर– झापाका स्थानीय एमाले नेता ध्रुवकुमार शिवाकोटी बलात्कार आरोपमा पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिकाका पूर्वमेयरसमेत रहेका शिवाकोटीमाथि आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि बलात्कार गरेको आरोप छ । शिवाकोटी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहीका अनुसार घरको काम गर्ने र पढाइदिने सर्तमा शिवाकोटीले पीडित बालिकालाई घरेलु कामदार राखेका थिए ।

पीडित बालिकाका बाबुको निधन भएको र आमा छुट्टै बस्ने भएकाले उनले संरक्षण दिएर राखेका थिए ।

बालिकालाई शिवाकोटीको घरबाट भागेर स्कुल पोशाकमै काँकडभिट्टा हुँदै भारत प्रवेश गर्न खोज्दा एक सामाजिक संस्थाको सहयोगमा उद्धार गरिएको झापा प्रहरी प्रवक्ता डएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us