विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात मिलेको छैनः शिक्षामन्त्री भट्टराई

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १८:३३ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन भएको बताएकी छन ।

आज सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै शिक्षामन्त्री भट्टराईले यस्तो बताएकी हुन ।

मन्त्री भट्टराईले विद्यालय शिक्षाको दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले गठन गरेको कार्यदलले काम सुरु गरिसकेको पनि बताएक छन ।

उनले प्राविधिक तथा व्यावसायिक शिक्षाको आजको आवश्यकता र विगतको अभ्यासका आधारमा पाठ्यक्रम पुनर्संरचना गर्न जरुरी रहेको बताइन् ।

प्राविधिक तथा व्यावसायिक शिक्षाको पाठ्यक्रम पुनर्संरचना गर्न समेत योजना आयोगका सदस्यको संयोजकत्वमा कार्यदल गठन भएको उनले बताइन् ।

कार्यदलले १५ दिनपछि प्रतिवेदन बुझाउने र प्रतिवेदनको आधारमा मन्त्रालयले थप प्रक्रियाहरू अगाडि बढाउने पनि बताएकी छन । उनले भनिन्, ‘शिक्षक र विद्यार्थीबिचको अनुपात मिलेको छैन ।

विद्यालय, विद्यार्थी र शिक्षकबिचको अनुपात मिलेको छैन । अब हामीले दरबन्दी पनि पुनरावलोकन गरौँ ।

विद्यालय शिक्षा कक्षा १२ सम्मको दरबन्दी पुनरावलोकन गरौँ भनेर पूर्वसचिवको संयोजकत्वमा यो काम पनि सुरु भइसकेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us