भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १७:३४ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– प्रहरीले भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक जना नेपालीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का ३७ वर्षीय विशाल बर्तौला रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनलाई ठमेलको छाँया सेन्टरस्थित क्यासिनो वाल्डो डाइनेस्टीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन ।

उनले क्यासिनोमा जुवा खेल्नकै लागि रमेश गुप्ताको नाममा भारतीय आधार कार्ड बनाएको प्रहरीले जनाएको छ । उनीबाट उक्त कार्ड समेत बरामद गरीएको पनि प्रहरीले जानकनरी दिएको छ ।

पक्राउ परेका उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us