गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर २४ गते १४:०३ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– प्रहरीले रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

१ सय ५० ग्रामको सुनको सिक्री सहित लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने ३६ वर्षीय जनार्दन गुप्तालाई आइतबार दिउँसो पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

फ्लाई दुबईको उडानमार्फत दुबईबाट आएका उनलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

साथै उक्त कार्यमा संलग्न रहेका शंकास्पद २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us